Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

नेप्लिज डायस्पोरा

१६, आषाढ २०८०
images
बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

खेमराज गौतम  

गलकोट, १६ असार ।

नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानीपोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटरहाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् रु यसको खोजी र लेखाजोखा सकैसँग छैन ।

 

पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीकाजिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारकोभने अभाव छ । पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसारएवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ ।

पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ । विभिन्नपर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले खोजेर सूचना प्राप्तगरेर यहाँ आउने गरेका छैनन् । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत विदेशी पर्यटक पुग्दाजिल्लामा पर्यटक आगमनको आभास नै हुँदैन । त्यस्तै अरु कुनै प्याकेज कार्यक्रममा आए भने पनि बाटो मात्र हिँड्छन्, यहाँ बास बस्दैनन् ।

बागलुङमा विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार, आतिथ्यता कार्यक्रम, सूचना प्रणालीलगायतको अभाव छ । यीक्षेत्रमा आवश्यक मात्रामा सुधार गर्न सकिएमा पर्यटक यहाँ ल्याउन सकिने यहाँका स्थनीय पर्यटन व्यवसायी तथाजानकार बताउँछन् ।

पोखरा आएका पर्यटक किन आउदैनन् बागलुङ ?


बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्यान हालसम्म संस्थागत पहल नथालिएका कारण विदशी पर्यटक नआएको पर्यटनव्यवसायीको भनाइ छ । बागलुङमा पहिलोपटक विदेशी पर्यटक भित्र्याउन पहल गर्नुभएका पर्यटन व्यवसायी महादेवशर्माले पोखरा भित्रिने पर्यटक अधिकांश पोखरा आसपासका क्षेत्रमा आउन नसक्नु भनेको अन्य जिल्लाले नै विदेशीपर्यटक भित्र्याउन पहल नगरेको हो भन्न सकिन्छ भन्नुहुन्छ ।

“व्यक्तिगत पहलमा कति पर्यटक आउलान्, मैले भेगन समूहका विदशी पर्यटक बागलुङ ल्याउन थालेको छु, तर यहाँकास्थानीय पालिकाले पहल थाल्न प¥यो, निजी क्षेत्रले साझेदारी गर्न प¥यो र बागलुङका पर्यटकीय क्षेत्रमा विदेशीपर्यटकको नजर नपर्नु नै पहिलो कारण देख्छु”, शर्माले भन्नुभयो, “धार्मिक पर्यटक भित्र्याउन बागलुङमा सहज देख्छुपोखराबाट मुक्तिनाथ जाने वा त्यहाँ पुगेका भारतीय पर्यटक बढी बागलुङ आउने सम्भावना छ, त्यसका लागि आश्रम रसुविधा सम्पन्न शाकाहारी होटल स्थापना गर्न आवश्यक छ ।”

बागलुङमा पर्यटक भित्राउने निजी क्षेत्रको एउटा साझेदार संस्था नहुँनु, प्रचारप्रसारको कमी र बागलुङको महत्व विश्वसामुचिनाउन नसक्नुका कारण बागलुङमा विदेशी पर्यटक आकर्षित हुन नसकेको पाइएको छ ।

“पोखरा आएको विदेशी पर्यटक बागलुङमा किन र के का लागि जाने भन्ने त हुन प¥यो, यहाँको कला संस्कृति हेर्न होअथवा ग्रामीण पर्यकीय क्षेत्रमा घुम्न, बागलुङमा तीन दिन हिँड्न सक्ने राम्रो पदमार्गको रुट अहिले सम्म रेखाङ्कन छैन”, उहाँले भन्नुभयो, “मैले बागलुङ बजा देखि भकुण्डै हुँदै सिगानाको बौडैचौरदेखि बौरसम्मको दुई दिने पर्यटकीय पदमार्गकोरुट बनाएर विदेशी पर्यटक पु¥याएको छु, तर पालिकाले विदेशी पर्यटक ल्याउन कुनै चासो दिएको देखिँदैन ।”

यहाँ पर्यटनमा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानी कम देखिन्छ । पर्यटक आए पनि यहाँ बस्ने र घुम्ने ठाउँहरु पनि कमैछन् । उनीहरुको बसाई लम्ब्याउन सकिने खालका पूर्वाधार नहुँदा पर्यटकको आकर्षण बढ्न नसकेकाले पर्यटक बागलुङआउन नसकेको स्थानीय राम शर्माले बताउनुभयो । बागलुङको पुरानो संस्कृतिको रुपमा रहेको हनुमान नाच, लाखे नाच, घाटु नाच र शालैजोलाई समय समयमा प्रदर्शन गर्न सकेमा यसबाट स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई ल्याउन सकिनेशर्माको भनाइ छ ।

सूचना केन्द्र नहुँदा अलमलमा पर्यटक


बागलुङमा भित्रिने विदेशी पर्यटक मात्रै होइन स्वदेशी पर्यटकसमेत अलमलमा पर्ने गरेका छन् । बागलुङ जिल्लाकोप्रवेशद्वारमा डिजिटल सूचना केन्द्र राख्न नसक्दा बागलुङ आएका पर्यटक अलमलमा पर्ने गरेको पाइन्छ ।

बागलुङ जिल्लाको कालिका मन्दिर कहाँ छ, पर्यटकीय गन्तव्य पञ्चकोट कहाँ छ, भन्ने विवरणको सूचना केन्द्र स्थापनागरेर राख्न सकिने भए पनि हालसम्म पर्यटक सूचना केन्द्र नहुँदा पर्यटक अलमलमा पर्ने गरेको बागलुङ जिल्लाको होटलव्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारी बताउनुहुन्छ ।

“अहिले डिजिटल जमाना आइसक्यो, यहाँका होटल पुरानै अवस्थाका छन्, गुगल तथा डिजिटल म्यापमा यहाँका होटलदेखिँदैनन्, विदेशी पर्यटकले इन्टरनेट खोजेर गन्तव्य पहिल्याउने भइसके, जिल्ला सदरमुकामस्थित एक दर्जन होटल मात्रैविदेशी पर्यटक राख्न सक्ने अवस्थाका छन्”, राजभण्डारीले भन्नुभयो, “होटल स्तरोन्नति हुन आवश्यक छ, बागलुङप्रवेशद्वारमा पर्यटकीय सूचना केन्द्र राख्न बागलुङ नगरपालिकालाई सुझाव दिएका छौँ ।”

अब होटलहरु अनलाइनबाटै बुकिङ गर्न सकिने र प्रविधि मैत्री हुनसकेमा मात्रै विदेशी पर्यटकको रोजाइमा पर्नसक्नेबताउँदै राजभण्डारीले विदेशी पर्यटकहरु जिल्लामा ल्याउन भौतिक पूर्वाधार, आतिथ्यतामा लगानी र प्रचारप्रसार गर्नआवश्यक रहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारमा चार सय विदेशी पर्यटक एक रातमा बस्न सक्नेक्षमता रहेको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । बागलुङ जिल्लामा दुई हजार पाहुना राख्ने क्षमता भएपनिपर्यटकका लागि चार सय मात्रै क्षमता रहेको हो ।

मुस्ताङ जाने विदेशी पर्यटकको छायाँमा बागलुङ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाख २९ गते मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनपश्चात् अहिले मुक्तिनाथमाभारतीय पर्यटकको लर्को छ तर मुक्तिनाथ पुगेका भारतीय पर्यटकको १५ प्रतिशत पर्यटक मात्रै बागलुङ कालिकामन्दिरलगायत अन्य धार्मिक क्षेत्रको भ्रमणमा आउने गरेको पाइएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार पछिल्लो समय मुस्ताङ पुग्नेभारातीय पर्यटक बागलुङ आउन थालेपनि तेस्रो मुलुकका पर्यटकहरु मुस्ताङबाट सोझै फर्कने गरेकोे बताउनुभयो ।

भारतीय पर्यटक मुक्तिनाथ भ्रमणपश्चात् बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय दर्शनका लागिसमेत पुग्ने गरेको पाइएको छ तर मुस्ताङ पुगेर बागलुङ आएका पर्यटक एक रातसमेत बागलुङमा नबसी सिधै पोखरा पुग्नेगरेको बागलुङका होटल व्यवसायीहरु भनाई छ ।

उता भारातीय पर्यटक अधिकांशले शाकाहारी खाना मन पराउने भएकाले बागलुङमा शाकाहारी खानाका होटल नहुँदा पनिसमस्या उत्पन्न भएको हुनसक्छ । मुस्ताङ पुग्ने विदेशी पर्यटकलाई बागलुङमा ल्याउनका लागि प्रवद्र्धनात्मक कामथाल्नुपर्ने पर्यटन व्यवसायी महादेव शर्माको भनाइ छ । जस्तो कि मुस्ताङ पुग्ने भारतीय पर्यटकले आफ्नो खानपिन रधार्मिक पर्यटनका रुपमा बागलुङलाई छान्नका लागि उनीहरु बस्ने र घुम्ने स्थान तथा होटलको प्रचार गुगलमै उपलब्ध भएसजिलो हुन्छ । तर त्यस्तो अवस्था यहाँ देखिँदैन । त्यसैले पोखराबाट सडकमार्ग भएर मुस्ताङ पुगेका पर्यटक यता नछिरीउतैबाट पोखरा फर्किने गरेका हुनसक्छन् ।

आन्तरिक पर्यटकको भरमा बागलुङ


बागलुङमा विदेशी पर्यटकहरु नगन्य मात्रमा आएपनि आन्तरिक पर्यटकको भने जिल्लाका अधिकांश पर्यटकीयस्थलमाचहल–पहल देखिन्छ । जिल्लाका सुविधा सम्पन्न होटलहरु प्रायजसो आन्तरिक पर्यटकहरुले भरिने गरेको होटलव्यवसायी संघ बागलुङको तथ्याङ्कमा छ ।

जिल्लाको पिस प्यालेस, होटल समिट धौलागिरि, रेड एप्पल, दिराजन, होटल सुगन, आरती, होटल हिलभ्यू लगायतकाहोटलहरु प्रायः आन्तरिक पर्यटकले नै भरिने गरेको होटल व्यवसायीको भनाइ छ ।

होटलसँगै जिल्लाको पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, हाँडीकोट, बेलढुङ्गा, सोलेडाँडा, भैरवस्थान, घकुण्डेमा आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ । कोरोनापछि जिल्लामाआन्तरिक पर्यटकको सङ्ख्या ह्वातै बढेको होटल व्यवसायी ललिता थापाले बताउनुभयो । अहिले जिल्लाकापर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोरखा, काठमाडाँैंलगायतका जिल्लाबाट बागलुङआउने क्रम क्रमश बढ्दै आएको थापाको अनुभव छ ।

अहिले कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालय परिसरमा अवलोकन भ्रमणमा व्यानरसहितका थुप्रैसवारीसाधन देख्न पाइन्छ । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा आन्तरिकपर्यटकहरु बढेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक घरबासमा पुग्ने, हाइकिङ गर्ने तथा वनभोज जानेलगायतकाकारण आन्तरिक पर्यटकीयस्थल चलयमान भएका हुन् । आन्तरिक पर्यटक थपिदै गएपनि बागलुङ नगरपालिकाले विदेशीपर्यटकहरु ल्याउन संस्थागत रुपमा पहल गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

थपिँदै पर्यटकीय गन्तव्य


बागलुङमा नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम जारी छ । कोरोनाकहरपछि बागलुङमा लामो झोलुङ्गे पुल, शालग्रामसंग्रहालय, पञ्चकोट, बुद्ध हिल, हाँडीकोट, सहस्रधारा झरना र गाईघाट झरनालगायतका क्षेत्र पछिल्लो समयमा चर्चाकमाएका पर्यटकीय गन्तव्य हुन् । कुश्मा र बागलुङलाई जोडेर निर्माण गरिएको विश्वकै अग्लो बन्जी पुलमा आन्तरिकपर्यटकले भरिभराउ हुने गरेको पाइन्छ ।

नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधारपछि चर्चामा आउन थालेको पर्यटन विकास समिति बागलुङका सचिवअर्जुन चोखालले जानकारी दिनुभयो । चोखालका अनुसार प्रविधिको प्रयोगका कारण पर्यटकीय गन्तव्यको प्रचार हुँदाआन्तरिक पर्यटकहरु आउन थालेको बताउनुहुन्छ ।

“टिकटकमा देखिएका दृश्यका कारण धेरै मानिस लामो झोलुङ्गे पुल आएको पाइयो, पछिल्लो समय सामाजिकसञ्जालका कारण एकाएक पर्यटकीयस्थल भाइरहल हुने जमाना आइसक्यो”, चोखालले भन्नुभयो, “स्थानीय सरकारकोरुपमा रहेका पालिकाले एक पालिका एक पर्यटकीयस्थलको रुपमा विकास तथा पूर्वाधार निर्माण थालेपछि पर्यटकीयगन्तव्य थपिदै गएको हामीले पाएका छौँ ।”

चोखालले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याउनआवश्यक रहेको बताउदै बागलुङ जिल्लाको पर्यटन गुरु योजना नहुँदा समस्या भएको जानकारी दिनुभयो ।

खड्किँदै तारे होटल


बागलुङमा सुविधा सम्पन्न तारे होटल नहुँदा विदेशी तथा भिआइपी पाहुना आउने आँट गर्दैनन् । जिल्लामा विदेशी पर्यटकतथा भिआईपी पाहुना आइहाले पनि साँझ बस्न पोखरा नै पुग्नुपर्ने अवस्था छ । बागलुङ जिल्लामा हालसम्म कम्तीमा पनिएक सयजना अट्नसक्ने क्षमताको ठूलो होटल स्थापना हुन नसक्दासमेत पर्यटकहरु आकर्षित हुन नसकेको स्थानीय रामशर्माको भनाई छ । पर्यटन बोर्डले बागलुङलाई पर्यटकीय गन्तव्यको रुपमा राख्न नसक्दा विदेशी पर्यटक आउन नसक्नुमुख्य समस्या रहेको शर्माको भनाई छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम गर्न, धेरै पाहुना राख्न र सेमिनार तथा गोष्ठी गर्नका लागिसमेत बागलुङमा उपयुक्त होटलतथा रिसोर्ट नभएको शर्माको भनाइ छ । बागलुङमा एउटा तारे होटल र एउटा सुविधासम्पन्न रिसोर्टको तत्कालैआवश्यकता देखिन्छ ।

पर्यटनमैत्री घरवासको खाँचो


जिल्लामा रहेका २८ वटा सामुदायिक घरबासमध्ये कतिपय घरबास नाम मात्रका छन् । यीमध्ये आधा दर्जन घरवास मात्रैपर्यटनमैत्री रहेका छन् । जिल्लाको पहिलो घरबासका रुपमा रहेको भकुण्डेको अतिथि घरवासमा मात्रै विदेशी पाहुना पुग्नथालेका छन् भने अन्य केही जिल्लाका आधा दर्जन घरवासमा मात्रै आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

केही घरवासमा मात्रै स्थानीय तथा अर्गानिक खानाका परिकारको स्वाद तथा विभिन्न कला संस्कृति देखाउने गरकेका छन्भने केही घरवास नाम मात्रैका घरवासजस्ता छन् । घरवासहरु पूर्वाधार युक्त र पर्यटनमैत्री हुन आवश्यक रहेको पर्यटनव्यवसायीहरु बताउनछन् ।

पर्यटकको छैन तथ्याङ्क


बागलुङमा हालसम्म भित्रने आन्तरिक तथा बाह्य पर्यटकको कुनै तथ्याङ्क छैन । पर्यटनसम्बन्धी खोज तथा अनुसन्धानगर्नका लागि समेत कुनै सन्र्दभ सामाग्री पाइदैन ।

जिल्लाका पालिका, पर्यटन विकास समिति तथा अन्य कुनै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले हालसम्म जिल्लामा भित्रनेपर्यटकको तथ्याङ्क नभएको पाइएको छ ।

नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको मात्रैजिल्लामा तथ्याङ्क छ । यस वर्ष ढोरपाटन शिकार आरक्ष क्षेत्र घुम्नका लागि नौ हजार स्वदेशी तथा विदेशी पर्यटकपुगेको ढोरपाटन शिकार आरक्षको कार्यालयले जनाएको छ ।

श्रोत: कालिगण्डकी खबर डटकम

images
प्रकाशित मिति :आषाढ १६, २०८० शनिवार - १५:५५:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend