Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’

सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’

नेप्लिज डायस्पोरा

१९, आषाढ २०८०
images
सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’

काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उहाँले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेरसुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराउनुभयो ।

यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सक्नुभएको थिएन । प्रत्येकमहिना बसेर महत्वपूर्ण निर्णय लिनुपर्ने सचिव बैैठक केही महिनादेखि अवरुद्ध हुँदै आएको थियो । तर, मुख्य सचिवअर्यालले हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने निर्णय गराएर बैठकलाई निरन्तरता दिलाउनुभएको छ ।यद्यपि, मुख्य सचिव अर्यालले सचिवहरूको पहिलो बैठकमा नै कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।

६० जनाभन्दा बढी सचिवहरू सहभागी सो बैठकमा केही सचिवहरूले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको लाचार छायार एसम्यानबन्दा प्रशासनिक संयन्त्र ध्वस्त बनेको टिप्पणी गरे । उनीहरूले मुख्य सचिव अर्याललाई एसम्यान नबन्न रप्रशासनिक संयन्त्रलाई कोमामा पुग्नबाट बचाउन सुझाव दिए । केही सचिवहरूले सचिवहरूकै विरुद्ध समेत आक्रोश पोखे। बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्री कार्यालयकै एकसचिवले मन्त्रीको चाकडी र चाप्लुसीमा रमाउने सचिवहरूले प्रशासनको साख गिराएको भन्दै आपत्ति व्यक्त गरे । ‘योग्यतार क्षमताबिना नै महत्वपूर्ण र संवेदनशील मन्त्रालयमा जान खोज्ने र त्यहाँ गएर मन्त्रीको एसम्यान बन्दै भ्रष्टाचारलाईसंस्थागत गर्ने काम सचिवले गर्नु चिन्ताजनक र आपत्तिजक छ’ –प्रधानमन्त्री कार्यालयका ती सचिवले भने ।

ती सचिवले यसअघिका मुख्य सचिवले संवेदनशील मानिएको मन्त्रालयमा सचिव पठाउँदा ध्यान पु¥याउन नसकेकालेसिंगो प्रशासन संयन्त्र बद्नाम र दूषित बन्न पुगेको बताए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले चाकडी र चाप्लुसीकाभरमा गृह मन्त्रालयसम्बन्धी कुनै जानकार नभएकालाई सचिवमा लैजानु र गृहबारे केही जानकार नभएका सचिवटेकनारायण पाण्डे पनि आफंै गृह मन्त्रालयमा जान मरिहत्ते गरेर लाग्दा त्यसले समस्या सिर्जना गरेको ती सचिवले दाबीगरे । ‘त्यतिखेर गृहमन्त्रालयमा सचिव पठाउँदा मुख्य सचिवले विशेष ध्यान दिनुपथ्र्यो तर मुख्य सचिवले वास्ता गर्नुभएनअन्ततः सिंगो प्रशासन नै बद्नाम बन्न पुग्यो’ –ती सचिवले भने । त्यतिखेर पाण्डे गृहसचिवमा जाँदा नै गृहसम्बन्धी कुनैजानकारी नै नभएको भन्दै उहाँको व्यापक आलोचना भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकातत्कालीन गृहमन्त्री खाँण र तत्कालीन गृहसचिव पाण्डे दुवै जना हाल जेलमा रहेका छन् ।

सचिव बैठकमा सहभागी सचिवहरूले बहालवाला सचिव यसरी जेलमा जानुपर्ने अवस्था किन र कसले गर्दा आयो भन्दैप्रश्न गरेका थिए । ‘कहाँ कसलाई पठाउँदा कस्तो योग्यता र क्षमता चाहिन्छ भनेर मुख्य सचिवले विशेष ध्यान दिएरप्रधानमन्त्रीलाई सोहीअनुसार सजेस्ट गर्न सक्नुपर्छ, तर विगतमा त्यस्तो भएन, अब हुन्छ कि हुँदैन हेर्नेछौं’ –ती सचिवलेमुख्य सचिव अर्याललाई संकेत गर्दै भने ।

केही सचिवहरूले मुख्य सचिव प्रधानमन्त्रीको सल्लाहकार भएकाले आवश्यक सल्लाह सुझाव दिनुपर्ने र चाहिँदो कुरामाडराउन नहुने सुझाव दिए । ‘प्रधानमन्त्रीलाई पनि कतिपय कुराहरू थाहा नहुन सक्छ त्यस्तो अवस्थामा मुख्य सचिवलेप्रधानमन्त्रीलाई सम्झाउनुपर्छ, हस् हजुर भन्दै एसम्यान बन्नु हुँदैन’ –एक सचिवले मुख्य सचिवलाई सुझाव दिँदै भने । उनलेमन्त्रीहरूले सचिव छान्ने परिपाटी पूर्ण रूपमा अन्त हुनुपर्नेमा जोड दिए । सचिव बैठकमा सबै सचिवहरू एकजुट हुनुपर्ने रकोही कसैको एसम्यान हुन नहुनेमा जोड दिइएको थियो ।

सचिव बैठकमा धेरै सचिवहरू भने औपचारिकतामा सीमित भएका थिए । सरकारी संयन्त्र र प्रशासन संयन्त्रमा विकृतिबढिरहँदा धेरै सचिवहरूमा भने त्यसलाई कसरी रोक्ने भन्नेमा खासै चिन्ता र चासो नभएको देखिएको प्रधानमन्त्री तथामन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

मुख्य सचिव अर्यालले पनि सचिवहरूको सुझाव ग्रहण गर्दै आगामी दिनमा प्रशासनको साख बिग्रन नदिने गरी काम गर्नेप्रतिबद्धता जनाउनुभयो । उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीतन्त्रको ठूलो भूमिका हुने भएकाले सेवाप्रवाहलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सचिव बैठकमा कतिपय कर्मचारीले आचरण पालनामा ध्यान दिन नसकेको भन्दै आचरण पालना र सेवा प्रवाहमा विशेषध्यान दिनुपर्ने र त्यसको नियमित अनुगमन राष्ट्रिय सर्तकता केन्द्रले गर्नुपर्ने निर्णय गरेको छ । यसै गरी बैठकले विपद्कोसमय भएकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा राज्यका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालनगर्ने निर्णय गरेको छ । सो बैठकले कतिपय महत्वपूर्ण कानुन निर्माण हुन नसकेकाले त्यस्ता कानुन निर्माण प्रक्रियाथाल्नुपर्ने निर्णय गरेको बताइएको छ । यसै गरी संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो ल्याउनुपर्नेमा बैठकले जोडदिएको छ । कार्यालयको काम गर्दा स्वचालित प्रणालीअनुसार गर्ने निर्णय बैठकले गरेको छ ।

सचिव बैठकका मुख्य निर्णय

–कर्मचारीको आचरणमा सुधार गरेर अघि बढ्ने
–
राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने
–
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक ध्यान दिने
–
बाँकी रहेका कानुन निर्माण अघि बढाउने
–
स्वचालित प्रणालीमा जाने
–
सेवा प्रवाह र सुशासनमा विशेष ध्यान दिने ।

न्युज अफ नेपालबाट

images
प्रकाशित मिति :आषाढ १९, २०८० मंगलवार - ०७:५७:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend