Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

टेक्सासको डालसमा डिलु पराजुली समूहको भव्य चुनावी सभा सम्पन्न

टेक्सासको डालसमा डिलु पराजुली समूहको भव्य चुनावी सभा सम्पन्न

नेप्लिज डायस्पोरा

२५, आषाढ २०८०
images
टेक्सासको डालसमा डिलु पराजुली समूहको भव्य चुनावी सभा सम्पन्न

डालस टेक्सास/ गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार डिलु पराजुली तथा सहयोगी साथीहरूले निकट भविष्यमा हुन गइरहेको चुनावमा अहिलेसम्म गरेको काम र संस्थाप्रतिको इमान्दारीताको कारणले विजय प्राप्त गर्ने विश्वास ब्यक्त गरे कथंकदाचित पराजित भए पनि समानान्तर संस्था नबनाउने र संस्थामा आंच पुग्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाए ।

टेक्सासको डालासमा भएको उक्त भेटघाट कार्यक्रममा अध्यक्षका प्रत्यासी पराजुलीले विगतमा आफुले पाएको जिम्मेवारी पुरा गरेको, भाषणमा हैन काममा बिश्वास गर्ने हुनाले हाम्रो समुहलाई बिजय गराउन आग्रह गरे।
हामी चुनावमा फेस रीडीगं होस भन्ने चाहन्छौ मात्र भनेनन् त्यस भन्दा माथि उठेर फिजिकल उपस्थिति भएर चुनाव गराउन चाहेको भनेर आफु र आफ्नो टीम निष्पक्ष निर्वाचनमा रहेको दलिल पनि प्रस्तुत गरे।

उपाध्यक्षका उम्मेदवार भानु खरेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल बिध्यार्थी संघका पुर्व महामन्त्री, युवा बैज्ञानिक यादव पण्डितले हामी डेमोक्रेसीमा विश्वास राख्छौ त्यो भनेको चुनावमा विश्वास राख्ने हो। साना भनिएका र आफुलाई ठुला भन्नेहरुको पनि भोट एकै हुन्छ तर नांग्गै हीड्ने र कपडा लगाएर हिड्ने मान्छेमा मात्र फरक हुन्छ भन्दै सामाजिक सन्जालमा जथाभावी लेख्ने र वोल्ने प्रति व्यंग्य प्रहार गरे । एनआरएनए आई सी सी सदस्यहरु बिनोद तिवारी र नारायण कडेलले यो समुहमा रहेको सदस्यहरु अनुभवी र बौद्धक रहेकोले अबको एनआरएनए एनसीसी अमेरिकाले अझ बढी गति लिने बिश्वास व्यक्त गरे यस्तै कार्यक्रममा उपस्थित बरिष्ठ उपाध्यक्ष उम्मेदवार अंजन चौलागाई, उपाध्यक्षका उम्मेदवारहरू सन्तोष पाहाडी, राजीव श्रेष्ठ, भानु खरेल, राज ढुंगाना महीला उपाध्यक्षकी उम्मेदवार सुन्दरी गुरुगं, युथ उपाध्यक्षका उम्मेदवार अनुप खनाल, महासचिवका उम्मेदवार रामहरी अधिकारी, कोषाध्यक्षका उम्मेदवार सरोज सिग्देल, महीला सचिव उर्मिला श्रेष्ठ सह कोषाध्यक्ष रवि सिंह बस्नेत, महीला संयोजक मुना तिवारी, युवा संयोजक पदका उम्मेदवार विश्व किरण थापा बोर्ड सदस्य पदका उम्मेदवारहरू बिष्णु बराल, डा. गंगाधर आचार्य, नवराज न्यौपाने ,लक्ष्मण दर्लामी, इन्द्र राज पाण्डे , दिवाकर भट्ट , बल राई र दुर्गा तिवारी त्यस्तै आई सी सी सदस्य पदका उम्मेदवार टंकराज रेग्मी , साम्ब लामीछाने , गोविन्द श्रेष्ठ साउथ रीजनल कोअर्डीनेटर साउथका दिलीप बानिया लगायतले सामान्य परिचय राख्नुभएको थियो।
कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका संरक्षक विश्व बराल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेजाका अध्यक्ष सुरज भण्डारी , युलेस सीटी काउन्सिल सदस्य टिका पौडेल , जनसम्पर्क समिति अमेरिकाका नेता बिष्णु सुबेदी, मुनेन्द्र नेम्बांग, अमृत सापकोटा, अजय बगाले लगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई ज्ञानेन्द्र कार्कीले स्वागत गर्नु भएको थियो ।

बिष्णु बराल

images
प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - ०२:०४:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend