Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पश्चिम क्षेत्रमा नेपाली कन्सुलर कार्यालय स्थापना गर्न पहल गर्नेछुः क्षेत्रिय संयोजक उम्मेदवार उत्तम धमला

पश्चिम क्षेत्रमा नेपाली कन्सुलर कार्यालय स्थापना गर्न पहल गर्नेछुः क्षेत्रिय संयोजक उम्मेदवार उत्तम धमला

नेप्लिज डायस्पोरा

२७, आषाढ २०८०
images
पश्चिम  क्षेत्रमा नेपाली कन्सुलर कार्यालय स्थापना गर्न पहल गर्नेछुः क्षेत्रिय संयोजक उम्मेदवार उत्तम धमला

गैर आवासिय नेपाली संघ अमेरिकाको निर्वाचन नजिकिंदै जांदा चुनावी गतिविधीहरु पनि तिव्र रुपमा अगाडी बढ्दै छन्।

यसै शिलशिलामा कोलोराडोको वेस्टमिन्सटरमा डिलु पराजुलि र उनका सहकर्मीहरुको चुनावी अन्तर्कृया कार्यक्रम गत शनिवार सम्पन्न भयो।

उक्त कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रको क्षेत्रिय संयोजक पदका उम्मेदवार उत्तम धमलाले पश्चिम क्षेत्रका नेपालीहरुले नेपाली राजदुतावास र न्यू योर्कको कन्सुलर कार्यालय टाढा भएकोले सहज रुपमा सेवा लिन नपाएको बताए।

वार्षिक रुपमा दुतावासले एन आर एन ए का स्थानिय च्याप्टर र अन्य स्थानिय संघ संस्था संगको संयोजनमा गर्दै आएको घुम्ती सेवामा सेवाग्राही हरुको अत्याधिक चाप बढेकोले यो क्षेत्रमा एउटा कन्सुलर कार्यालय भए सबैलाई सहज हुने उनको भनाई छ।


स्थानिय च्याप्टरहरुलाई थप मजबुत बनाउनका लागी सबैको सहभागिता हुने र एन आर एन ए प्रति सबै वर्गलाई आकर्शित गर्ने खालका कार्यक्रमहरु पनि आफ्नो योजनामा रहेको उनले बताए। युटाहको साल्ट लेक सिटीमा आयोजित अर्को सभामा बोल्दै धमलाले च्याप्टरहरुले उपल्लो तहका मुद्धाहरु भन्दा पनि स्थानिय स्तरमा नेपाली समुदायले लाभ लिन सक्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताएका हुन् ।


धमला हाल क्यालिफोर्निया च्याप्टरका बोर्ड सदस्य छन् भने एन आर एन ए अमेरिका अन्तरगतको मिडिया एन्ड पब्लिकेसन्स कमिटीको उप प्रमुखको रुपमा कार्यरत छन्। क्यालिफोर्नियाका धमला स्थानिय स्तरमा मात्रै नभई क्षेत्रिय र राष्ट्रिय स्तरमा पनि गैर आवासिय नेपालीहरु माझ परिचित व्यक्तित्व हुने ।

images
प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - ०५:२९:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend