Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पत्रकारलाई सिध्याईदिन्छु भनेपछि दुर्गा प्रसाईलाई महासंघको चेतावनी

पत्रकारलाई सिध्याईदिन्छु भनेपछि दुर्गा प्रसाईलाई महासंघको चेतावनी

नेप्लिज डायस्पोरा

३०, आषाढ २०८०
images
पत्रकारलाई सिध्याईदिन्छु भनेपछि दुर्गा प्रसाईलाई महासंघको चेतावनी

काठमाडौँ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आफ्नो शाखाका सदस्य विकास न्युज डटकमका प्रधान सम्पादकरामकृष्ण पौडेललाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ । शनिवार एक विज्ञप्ति जारी गर्दै शाखाका सचिव रामहरि कार्कीले एक विज्ञप्ति जारी गर्दै सो धम्कीको घोर भर्त्सनागरेको उल्लेख गरेका छन् ।

समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले गत असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गर्दै –‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाईमैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसलेगर्न सक्छ ?’ भनेर धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । 

प्रसाईलाई त्यसप्रति माफी माग्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘दुर्गा प्रसाईले जुन शब्द प्रयोग गरेका छन्, यो उनको दादागिरी हो भन्ने नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ठहर छ । यो भनाइ फिर्ता लिएर सार्वजनिक माफीमाग्न र पत्रकारलाई धम्क्याउने कार्य÷गतिविधि नदोहोर्याउन घोषणा गर्न दुर्गा प्रसाईंलाई सुझाव दिन्छौ । यदि यस्तागतिविधि फेरि दोहोरिए अन्य विकल्पमा जान बाध्य हुनेछौं ।’

समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गाप्रसाईंले कहाँबाट पाए ? भन्दै ललितपुर शाखाले सम्बन्धित निकायसँग यसको जवाफ माग मागेको छ । साथै प्रसाईकोधम्कीपछि रामकृष्ण पौडेलको सुरक्षा सम्वेदनशीलता थपिएको महसुस गरेको भन्दै सरकार, प्रहरीलगायत निकायलाईपनि विषयवस्तुको सम्वेदनशीलता बुझिदिन अपिल गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०८० शनिवार - १७:३५:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend