Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

छोराले आत्महत्या गरेपछिको पीडाका कारण कलाकार सानु ताम्राकारको निधन

छोराले आत्महत्या गरेपछिको पीडाका कारण कलाकार सानु ताम्राकारको निधन

नेप्लिज डायस्पोरा

९, भाद्र २०८०
images
छोराले आत्महत्या गरेपछिको पीडाका कारण कलाकार सानु ताम्राकारको निधन

अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। केही महिनाअघि छोरा सारुक गुमाएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो।

घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई नर्भिक अस्पताल, थापाथलीमा भर्ना गरिएको थियो। उनको शनिबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। साउन दोस्रो साता अस्पताल भर्ना भएका उनको पछिल्लो समय किड्नीमा समस्या देखिएको थियो।

ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए। थुप्रै चलचित्रमा काम गरिसकेका ताम्राकारको शास्त्रीय नृत्यमा पनि रुचि थियो।

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १७:४०:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend