Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली क्रिकेटका लागि यादगार दिन बन्दै पाकिस्तानको मुल्तान सहर

नेपाली क्रिकेटका लागि यादगार दिन बन्दै पाकिस्तानको मुल्तान सहर

नेप्लिज डायस्पोरा

१३, भाद्र २०८०
images
नेपाली क्रिकेटका लागि यादगार दिन बन्दै  पाकिस्तानको मुल्तान सहर

रोशनबहादुर सिंह

अमेरिका


अगष्ट ३०, २०२३ यो दिन नेपाली क्रिकेट समर्थकका लागि एक यादगार दिन हुनेछ । कारण नेपालले पहिलो पटक एशिया कपमा पाकिस्तानविरुद्ध उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

कुटनितिक हिसाबले नेपाल र पाकिस्तानविचको सम्बन्ध सन् १९६० देखि चलिरहेको छ । तर कुटनितिक सम्बन्ध एकतिर भएपनि नेपाल र पाकिस्तान पहिलो पटक एक अर्काको विरोधीका रुपमा मैदानमा उत्रदैछन । त्यो पनि पाकिस्तानको मुल्तान शहरको क्रिकेट मैदानमा ।

बुधबारको दिन विश्वभर छरिएर रहेका तथा तीन करोड नेपालीका लागि एउटा गर्वको क्षण हुनेछ ।

एकदिवसिय क्रिकेटमा नम्बर एक टिम पाकिस्तान र १५ औं स्थानमा रहेको नेपालविचको खेलका लागि नेपाली समर्थक धेरै नै उत्सुक रहेका छन ।

4EB6162C-95BA-4924-9565-162A70E29FE3.jpeg
तस्वीर: एजेन्सी

काठमाडौंबाट १३ सय ७४ किलोमिटर टाढा रहेको मुल्ताको क्रिकेट मैदानमा नेपाली खेलाडी उत्रदा सबैको मनमा एउटै चाहना हुन्छ, यो खेल जितिदिए हुन्थ्यो भनेर । तर विश्व क्रिकेटको बरियतामा शिर्ष १० मा पर्ने बलर र ब्याटसम्यानको संयोजन रहेको पाकिस्तानसँग खेल्न पाउनु नै नेपालका लागि गर्वको कुरा हो ।

नेपालले अहिलेसम्म टेष्ट टिमविरुद्ध यसअघि बंगलादेशसँग २०१४ को टी २० विश्वकपमा खेलेको थियो । त्यसपछि टेष्ट देशको सिनियर टिमसँग खेल्न लागेको यो पहिलो पटक हो ।

विश्व क्रिकेटका पावरहाउस टिम भारत र पाकिस्तानसँग एकै प्रतियोगितामा खेल्न लागिरहेको नेपालका बारेमा यतिबेला क्रिकेट क्षेत्रमा ठूलो चर्चा छ ।


सोसियल मिडियाका भित्ताहरुमा अहिले क्रिकेटमय बनेको छ भने सबै नेपाली सञ्चारमाध्यमको मुख्य हेडलाइन नै यहि बनेको छ । ३० हजार दर्शक क्षमता रहेको मुल्तान क्रिकेट मैदानमा २५ हजार टिकटहरु विक्रिभइरकेको पाकिस्तानी मिडियाले जनाएका छन । आफ्नो टिम पहिलो पटक पाकिस्तानसँग खेलेको प्रत्यक्ष हेर्नका लागि मैदानमा नै पुगेर हेर्ने नेपलाी पनि देखिएका छन ।


पाकिस्तानमा नै रहेर शिक्षा लिइरहेका नेपालीमात्र होइन, नेपालबाट नै क्रिकेटका लागि भनेर जानेको संख्यापनि निकै छ । यहि प्रतियोगिताका लागि भनेर विभिन्न ट्राभल एजेन्सीहरुले सस्तो र सुलभ प्याकेजपनि ल्याएका छन । जसका कारणपनि नेपालबाट यो खेल हेर्न जानेको संख्या बढेको देखिएको छ ।

दक्षिण एशियाली देशका लागि मिनी विश्वकप जस्तै रहेको एशिया कपको पहिलो खेलमा नै नेपालसँग खेल्न लागेको पाकिस्तानले एक दिन अगाडी नै आफ्नो सुरुवाती ११ सार्वजनिक गरिसकेको छ । जसमा उसले आफ्नो पुरै क्षमताका साथ टिमको घोषणा गरेको छ ।


खेलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजामले नेपाललाई सजिलो रुपमा नलिने बताए । उनले भारतसँग खेल्न अगाडी नेपाल आफ्नो बलियो प्रतिस्पर्धी रहेको बताए । पेपरमा नेपाल पाकिस्तान भन्दा निकै तलको टिम हो । तर पनि उपाधिमा आँखा लगाइरहेको पाकिस्तान आफुभन्दा कमजोर टिम भएपनि बलियो टिमका रुपमा लिइरहेको छ ।


यतिबेला बिभिन्न सञ्चारमाध्यममा नेपाली क्रिकेटका बारेमा पाकिस्तान कतिको जानकार छ भन्ने शिर्षकमा निकै समाचार आइरहेका छन । क्रिकेटमा नेपाल र पाकिस्तान सिनियर स्तरमा पहिलो पटक खेल्न लागेको भएपनि केहि महिना अगाडी भएको इमर्जिङ एशिया कपमा नेपालले पाकिस्तानको ए टिमसँग खेलेको थियो । भलै नजिता नराम्रो भएपनि ।


नेपाली टिमले पाकिस्तान र भारतविरुद्धको खेल आफ्ना लागि यादगार बनाउने योजना रहेको कप्तान रोहितकुमार पौडेलले बारम्बार भन्दै आएका छन । जुन बुधबार सार्थक पनि बनोस ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०४:३९:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend