रोशनबहादुर सिंह
अमेरिका
नेपालका चर्चित गायक सुगम पोखरेलले अमेरिकाको बाल्टिमोरमा सांगितिक प्रस्तुती दिने भएका छन । सेप्टेम्बर २४ तारिख अर्थात असोज ६ गते शनिबारका दिन हुने सो सांगितिक कार्यक्रमको आयोजना एभरेष्ट इन्टरटेनमेन्टले गर्न लागेको हो । सुगम पोखरेल लाइभ इन बाल्टिमोर नाम दिइएको सो कार्यक्रका लागि टिकट विक्रि खुल्ला गरिएको छ ।
कार्यक्रमलाई नाम्लो इभेन्टसले सपोर्ट गरेको छ । कार्यक्रमका लागि टिकटको मुल्य साधारण तर्फ ३० डलर र विशिष्ठका लागि ५० डलर तोकिएको छ । बाल्टिमोरको इष्टर्न एभिन्यू मा रहेको फ्ल्यागसिप सिनेमामा हुने कार्यक्रमको सहयोगि पार्टनरका रुपमा नेपाली मार्केट डट कप पनि रहेको छ । यस्तै मिडिया पार्टनरहरुमा नेप्लिज डायस्पोरा, ई नेप्लिज, सन्देश टुडे र नाम्लो अन इयर रहेका छन ।
कार्यक्रम साँझ साँढे ६ बजेबाट सुरु हुने एभरेष्ट इन्टरटेन्मेन्टका संस्थापक सदस्य रमेश भट्टले जानकारी दिए । सो कार्यक्रममा सुगमले आधा दर्जन जति गित गाउने बताइएको छ । साथै सो कार्यक्रममा सञ्जिप प्रधान र सरिष्मा अमात्यको पनि प्रस्तुती रहनेछ । सुगमले यसअघि करिव डेढ महिना अमेरिकाका बिभिन्न शहरमा आफ्नो सांगितिक प्रस्तुती दिएका थिए । जसमा महानायक राजेश हमालको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम हुन लागेको हलको क्षमता चार सय जनाको रहेको छ । कार्यक्रममा आयोजकले खाना र पिय पदार्थका लागि स्टलहरु पनि उपलब्ध गराउने भएका छन् । एक साता अगाडी मात्र यो कम्पनीले बाल्टिमोरमा नै मेलिना राईको सांगितिक कार्यक्रम गरेको थियो । केहि बर्षदेखि बाल्टिमोरमा बिभिन्न सांगितिक कार्यक्रम तथा नेपाली चलचित्रको अमेरिका राईट्स लिइरहेको एभरेष्ट इन्टरटेन्मेन्टले विभिन्न समयमा राम्रा नेपाली चलचित्रहरुलाई अमेरिकामा प्रर्दशन गराइरहेको हुन्छ ।
सुगम पोखरेल लाइभ इन बाल्टिमोर कार्यक्रममा सहभागि हुनका लागि एभरेष्ट इन्टरटेन्मेन्सको अनलाईनबाट टिकट खरिद गर्न सक्नेछन ।