काठमाडौँ- गायिका सिन्धु मल्लले तीजको कार्यक्रमका लागि अष्ट्रेलिया जाने भिसा नपाएको जानकारी गराएकी छन्।
सामाजिक सञ्जालमार्फत गायिका मल्लले यस्तो जानकारी गराएकी हुन् । बुधबार तीजको अवसरमा आयोजना हुनलागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको उनले सामाजिक संजाल फेसबुकमालेखेकी छन् ।
अन्य कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य गरेका कारण आफूले भिसा नपाएको हुन सक्ने उल्लेखगर्दै करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा नदिएको गुनासो गरेकी छन्।
“समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीजविशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक-श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारलेमानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाइ पर्दो रहेछ ।विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ,” उनले लेखेकी छन्।