Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन : माधव नेपाल

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन : माधव नेपाल

नेप्लिज डायस्पोरा

१४, भाद्र २०८०
images
एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन : माधव नेपाल

 

सुर्खेत, १४ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छनु ।

 

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् । 

 

नेपालको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने भन्दै उनले भने, ‘एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ साथै उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने बताए ।

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - १९:४२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend