photo credit-yahoo
अमेरिका । सन् २०२१ को जनवरी ६ तारिखमा एक आन्दोलनको अगुवा बनेका जोय बिग्सलाई १७ बर्षको जेल सजाय सुनाइएको छ ।
फार राइट प्राउड ब्याइज समुहको लिडरका रुपमा रहेका जोयलाई वासिंटन डिसीको न्यायालयले उनलाई सो सजाय सुनाएको हो ।
सन् २०२० मा डोनाल्ड ट्रम्पपछि अमेरिकी राष्ट्रपति जो वाइडेन निर्वाचित हुँदा यो समुहले आन्दोलनका नाममा अशान्ती फैलाउन खोजेको आरोप न्यायालयले लगाएको छ । जोयमाथि विभिन्न आरोपहरु लगाइएको छ । जसका कारण उनलाई यतिलामो समयको जेल सजाय सुनाइएको सिएनएनले जनाएको छ ।
प्राउड ब्याइज समुहका अर्का सदस्य मरिन रेहलाई पनि १५ बर्षको जेल सजाय सुनाइएको छ । उनी सोहि समुहमा फिलाडेल्फिया च्याप्टरका अध्यक्ष रहेका थिए । उनलाई जोय पछि जेल सजाय सुनाइएको हो ।
डिसी जिल्ला अदालतका जज टिमोथे केलीको इजलासले दुबै जनालाई सो सजाय सुनाएको हो । अमेरिकी संविधानले हरेक ब्यक्तिलाई आफ्नो अधिकारका लागि लड्न धेरै सुविधा दिएको तर त्यसको गलत उपयोग गर्न नपाइने बताइएको थियो ।
सन् २०२० को निर्वाचनमा वाईडेनलाई राष्ट्रपति नहुनदिनका लागि उनीहरुले षडयन्त्र गरेको आरोप छ । साथै उनीहरुले देशमा हिंसात्मक काम गर्न खोजेको भन्ने आरोपनि लागेको छ । सो निर्वाचनका बेला करिव एक बर्षसम्म यो समुहले आन्दोलन गरेका थिए । जसमा राष्ट्रपति भवन अगाडी नै नारा जुलुस गर्नेकाम गरेका थिए ।
त्यो बेला यो आन्दोलनमा पाँच जना युवालाई मुख्य दोषि देखाइएको थियो । जसमा उनीहरुमाथि कारवाहीका लागि मुद्दा चलेको थियो । सुरुवातमा बिग्सलाई ३३ बर्षको जेल सजाय हुनुपर्ने भन्दै रिट परेको थियो । बारम्बार यो सुनुवाईको मिति सरेको थियो ।
कुनैपनि ब्यक्तिलाई अमेरिकी अदालतले यति लामो समय जेल सजाय सुनाएको यो दोस्रो पटक हो । यसअघि ओथ किपलका लिडर तथा संस्थापक स्टेवार्ट रोड्सलाई १८ बर्षको जेल सजाय सुनाइएको थियो ।
अदालतको निर्णयपनि भावुक हुँदै गिग्सले त्यो दिन आफुले गल्ति गरेको स्विकार्दै, आफुु आतंकवादी नभएको बताए । यो घटनामा संलग्न रहेका पाँचै जना दोषी ठहर भएका छन ।