Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कतार एयरवेजले दोहा देखि फिलाडेल्फियाको रुट बन्द गर्ने

कतार एयरवेजले दोहा देखि फिलाडेल्फियाको रुट बन्द गर्ने

नेप्लिज डायस्पोरा

१६, भाद्र २०८०
images
कतार एयरवेजले दोहा देखि फिलाडेल्फियाको रुट बन्द गर्ने

 

विश्वको प्रतिष्ठित बिमान कम्पनी कतार एयरवेजले अमेरिकाको दोहा देखि फिलाडेल्फियाको उडानलाई रद्द गरेको छ । यो रुटमा कतार एयरवेजले अक्टोबर २९ बाट हवाई सेवा बन्द गर्ने भएको छ । यो रुटमा अब अमेरिकी एयर लाइन्सले सेवा सुरु गर्ने भएको छ ।


कतार एयरवेजको पार्टनर कम्पनीका रुपमा रहेको अमेरिकी एयरले फिली देखि दोहाको सेवा सुरु गर्ने भएको हो । कतार एयरवेजले फिलिको रुटको सेवा बन्द गरेपनि त्यसको सट्टा उसले दोहाबाट न्यूयोर्कको रुटमा यात्रा बढाउने भएको छ ।


कतार एयरवेजले दोहाबाट फिलाडेल्फियाको रुटमा सन् २०१४ अप्रिल महिनाबाट सेवा सुरु गरेको थियो । जसमा उसले पछिल्लो पटक बोइङको ७७७–३०० इआर बिमानलाई प्रयोग गरिरहेको थियो । दोहोबाट फिलाडेल्फियासम्मको दुरी ६ हजार सात सय ९७ माइल रहेको छ । उसले दैनिक रुपमा यो सेवा दिएको थियो ।


अब अमेरिकी एयरलाइन्सले यो रुटमा आफ्नो सेवा दिएपनि यसले सानो बिमानलाई प्रयोग गर्ने बताइएको छ । कतारले सन् २०२३ को जनवरी देखि मे महिनासम्म मात्र यो रुटमा ९१ हजार यात्रीलाई सेवा दिएको थियो । जसमा हरेक यात्रामा बिमानमा एभरेज सिट लोड ८५ प्रतिशत रहेको थियो ।


दक्षिण एशियाबाट दोहा हुँदै यो रुटमा यात्रा गर्नेको संख्या निकै रहेको छ । जसमा नेपालीको संख्यापनि धेरै छ । फिलाडेल्फियाबाट एशियाका बिभिन्न देश जाने यात्रुका लागि मुख्य बिकल्प कतार एयरवेज नै रहेको थियो ।


अब कतार एयरवेजले विन्टरको समयमा दोहाबाट न्यूयोर्क दिनको तीन वटा फ्लाइट गर्ने भएको छ भने डालास दुई वटा पुर्याएको छ । यस्तै वासिंटन डिसी सातामा १२ वटा फ्लाइट गर्ने भएको छ । लस एञ्जलसमा साताको १० वटा फ्लाइट गर्ने भएको छ भने एटलान्टा, बोस्टन, सिकागो, ह्युस्टन, मियामी, सान फ्रान्सिस्को र सियाटलमा दिनको एक फ्लाइट गर्नेछ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - ०६:४०:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend