संगीत संयोजक रिदम कंडेलले आफ्नै नयाँ गीत सार्वजनिक गरेका छन्। 'तिमी आएपछि' बोलको गीत कंडेलले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
सिर्जना पोखरेलको शब्द रहेको गीतमा रिदम कंडेलले संगीत गरेका छन भने रिदम र सिर्जनाले संगै स्वर पनि भरेका छन् ।
एक गीतकार र संगीतकारबीच प्रेम भयो भने जीवन कस्तो हुन्छ भन्ने कथा गीतको भिडिओमा देखाइएको छ।
सिर्जना पोखरेलको निर्देशनमा बनेको भिडियोको छायांकन सौरभ लामिछानेले गरेका हुन र रोशल पौडेलले सम्पादनगरेका छन्।
भिडियो हेर्नुहोस ।