Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८०
images
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ ।

आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै गर्दा पत्रकारहरुसँगै बसेका थिए । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर निस्कने क्रममा गाडी नचढ्दै यादवमाथि खुकुरी प्रहार भएको हो ।

यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । करिब सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

सापकोटाको घर नुवाकोट विदुर भएको बताइएको छ । उनी अहिले काठमाडौंको बालाजु क्षेत्रमा बस्दै आएका छन् ।

सापकोटाको प्रहारबाट यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको र उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्लबका पत्रकार ईश्वर कार्कीका अनुसार यादवले बोलिरहेका बेला सापकोटा पत्रकारहरुसँगै बसेका थिए ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १६:२६:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend