Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

चलचित्र एक भगवत् गीतालाई सेन्सरका लागि सिफारिस दिन अस्वीकार

चलचित्र एक भगवत् गीतालाई सेन्सरका लागि सिफारिस दिन अस्वीकार

नेप्लिज डायस्पोरा

२१, भाद्र २०८०
images
चलचित्र एक भगवत् गीतालाई सेन्सरका लागि सिफारिस दिन अस्वीकार

चलचित्र विकास बोर्डले चलचित्र ‘एक भगवत् गीता’लाई सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि निर्माण पक्षले असन्तुष्टि जनाउदै पत्रकार सम्मेलन गरेर सेन्सरता लागि सिफारिस नगरे आफूहरू नेपालबाटै पलायन हुन तयार रहेको बताएको हो । 

चलचित्रका निर्माता सुनील कुमार थापाले बोर्ड नै नेपाली चलचित्रको पक्षमा नरहेको गुनासो गरे । "विकास बोर्डले सेन्सरका लागि सिफारिस नगर्ने हो भने पनि ठिक छ । मैले चलचित्र क्षेत्रमा काम गरेको २७ वर्ष भयो । हामी नेपाली सिनेमा क्षेत्रबाटै बिदा भएर अमेरिका बस्न तयार छौँ । यही क्षेत्रमा केही गरौँ भनेर हामीले काम गरिरहेको हो । विकास बोर्ड चलचित्रकर्मीको पक्षमा उभिनुपर्छ," उनले भने ।

केही धार्मिक संस्थाहरूले ‘एक भगवत् गीता’को नाममा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले चलचित्रको नाम परिवर्तन गर्न माग गरेका छन् ।तर, निर्माण पक्षले नाम फेर्न नमिल्ने बताएको छ ।

उता बोर्डले भने अन्तिम निर्णय भइनसकेको बताएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका प्रवक्ता केएल पीडितले भोलि बोर्डको बैठक बसेर आवश्यक निर्णय लिने जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १९:४२:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend