Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अभिनेता ड्यानी मास्टरसनलाई ३० बर्षको जेल सजाय

अभिनेता ड्यानी मास्टरसनलाई ३० बर्षको जेल सजाय

नेप्लिज डायस्पोरा

२२, भाद्र २०८०
images
अभिनेता ड्यानी मास्टरसनलाई ३० बर्षको जेल सजाय

बलात्कारको अभियोगमा अभिनेता ड्यानी मास्टरसनलाई ३० बर्षको जेल सजाय सुनाइएको छ ।

जुनमा लस एन्जलसको अदालतमा उनी माथि दुईवटा बलात्कारको आरोप लागेको थियो । जसमा उनलाई तीन दशकको जेल सजाय सुनाइएको हो । लस एन्जलस जिल्ला अधिवक्ताको कार्यालयका रेनहोल्ड मुलरको इजलासले सो कारवाही सुनाएका हुन् ।

द सेभेन्टी शोका स्टार ४७ वर्षीय ड्यानीमाथी जुनमा ३ मध्ये २ वटा मुद्दामा दोषी देखिएका थिए । तेस्रो मुद्दामापनि दोषी देखिएको छ ।

मास्टरसनलाई यस वर्षको सुरुमा फैसला पछि हिरासतमा लिइएको थियो, र बिहीबार अपराधको लागि अधिकतम सजाए सुनाइएको हो ।

मास्टरसनले सन् २००१ देखि २००३ को बीचमा आफ्नै घरमा तीनजना महिलालाई बलात्कार गरेको आरोपमा आफु दोषी नभएको बताएका थिए ।

अदालतले दोस्रो ट्रायलपछि बिहीबार सजाय सुनाएको हो ।  जसको ट्रायल अप्रिल २४ मा सुरु भएको थियो । पहिलो ट्रायल अक्टोबर २०२२ मा सुरु भएको थियो ।

तस्विरःबीबीसी

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०३:१५:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend