Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

नेप्लिज डायस्पोरा

२२, भाद्र २०८०
images
सुन तस्करीको आरोपमा बारावाट थप एक पक्राउ

बारा, २२ भदौं । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बारास्थित उनको निवासबाट पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतका अनुसार ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा उनी पनि संलग्न रहेको देखिए पछि थप अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो । 

बाराका अध्यक्ष पक्राउ परेसँगै  सो ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म २८ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १५:४५:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend