बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' ले भारतीय बक्स अफिसमा पहिलो दिन ७५ करोड भारूको ओपनिङ गरेको छ। योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।
'जवान' ले शाहरूख खानकै फिल्म 'पठान' लाई पछि पार्दै रेकर्ड राखेको छ ।फिल्मले हिन्दी संस्करणमा मात्रै ६५ करोड भारू कमाएको हो। 'पठान' को हिन्दी संस्करणले ५५ करोड भारू कमाएको थियो।
'जवान' ले तमिल र तेलुगु संस्करणमा १० करोड भारू कमाएको छ।भारतमै ७५ करोड भारू कमाएको फिल्मले विश्वभरबाट १५० करोडबढी कमाएको अनुमान छ। एटली कुमारले निर्देशन गरेको फिल्ममा डबल रोलमा देखिएका छन् ।