चर्चित गायक बिपुल क्षेत्रीको भर्जिनियाको मानससमा सांगितिक प्रस्तुती दिने भएका छन । एकेबी कम्पनीको आयोजनामा हुन लागेको सो कार्यक्रम सेप्टेम्बर १५ मा हुनेछ ।
जसका लागि सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुमधुर स्वरका धनी तथा युवाहरुमाझ छोटो समयमा नै निकै लोकप्रिय बनेका बिपुलको यो कार्यक्रम तीन वटा कम्पनी मिलेर गर्न लागेका हुन । जसमा एकेबी कम्पनीसँगै नाईन इभेन्ट्स र थापा इन्भेष्टमेन्ट समुहपनि रहेको छ ।
कार्यक्र सेप्टेम्बर १५, शुक्रबारका दिन साँझ ६ बजेबाट सुरुहुने आयोजकले जनाएका छन । कार्यक्रममा बिपुलसँगै पासा ब्यान्टको पनि बिशेष प्रस्तुती हुने बताइएको छ । भर्जिनियाको मानससमा नेपालीहरुको संख्या बढि रहेको छ । जसका कारणपनि यो कार्यक्रममा समर्थकको उपस्थिती राम्रो हुने आशा गरिएको छ ।
कार्यक्रमका लागि साधारणतर्फको टिकट दर ५० डलर राखिएको छ भने भिआईपी तर्फ एक सय डलर राखिएको छ । भिआईपीको टिकट लिने ब्यक्तिहरुले बिपुलसँग भेट गर्नपनि पाउनेछन ।
कार्यक्रमका लागि बिभिन्न ब्यक्तिहरुले सहयोग गरेका छन ।