Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

असोज-कात्तिकमा हिमाल आरोहणका लागि २ सय ८४ जनालाई अनुमति

असोज-कात्तिकमा हिमाल आरोहणका लागि २ सय ८४ जनालाई अनुमति

नेप्लिज डायस्पोरा

२३, भाद्र २०८०
images
असोज-कात्तिकमा हिमाल आरोहणका लागि २ सय ८४ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् । 

यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ । यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ । 

यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०६:५०:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend