Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अबैध सामाग्रीको ओसार पसार बढेसँगै रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा

अबैध सामाग्रीको ओसार पसार बढेसँगै रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा

नेप्लिज डायस्पोरा

२३, भाद्र २०८०
images
अबैध सामाग्रीको ओसार पसार बढेसँगै रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा

पछिल्लो समय अबैध समाग्रीको ओसार पसार बढेसँगै चीनसँगको सिमानामा रहेको रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । सीमा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निगरानी बढाइएको हो ।

केरुङबाट नेपाल भित्रने तथा नेपालबाट केरुङतर्फ जाने नागरिक तथा यातायातका साधनहरुमा निगरानी बढाईएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार एक महिनाको अवधिमा केरुङबाट दुई पटक नेपाल भित्रिएको तीन केजी सुन सुरक्षा निकाय तथा रसुवा भन्सार कार्यालयले बरामद गरेपछि सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको बताइएको छ ।

नेपाली कन्टेनर चीनीयाँ समाग्री लिन केरुङ सम्मनै पुग्ने व्यवस्था भएकाले नेपालीहरु पनि केरुङ जाने क्रम बढेको छ । सिमानाकामा हुन सक्ने अबैध क्रियाकलाप रोक्न शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा रसुवा भन्सार कार्यालयको संयूक्त्त टिमले चेक जाँचसँगै नाकाको सुरक्षामा थप कडाई गरिएको जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०७:२४:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend