Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेयर हर्क साम्पाङलाई प्रश्न गरेको भन्दै एक युवक प्रहरी थुनामा

मेयर हर्क साम्पाङलाई प्रश्न गरेको भन्दै एक युवक प्रहरी थुनामा

नेप्लिज डायस्पोरा

२३, भाद्र २०८०
images
मेयर हर्क साम्पाङलाई प्रश्न गरेको भन्दै एक युवक प्रहरी थुनामा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गरेको निउमा एक युवक प्रहरी थुनामा परेका छन । छन्।

उनीमाथि प्रश्न गरेको भन्दै धरान-१५ का अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पुर्‍याएका छन्। उनी शुक्रबार साँझदेखि प्रहरी हिरासतमा छन्।

मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए। त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए। 

‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको?’ भन्दै रिसाउँछन्।

त्यही बीचमा उनले नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन दिन्छन्। मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन्।

प्रहरीले बिना उजुरी र बिना कसुर थुनामा राखेका युवकमाथि अराजकता फैलाएको मेयर साम्पाङको आरोप छ। फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको लेखेका छन्।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन्।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - १६:२४:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend