Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चिनियाँ राजदुतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको शशांक कोईरालाको आरोप

चिनियाँ राजदुतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको शशांक कोईरालाको आरोप

नेप्लिज डायस्पोरा

२४, भाद्र २०८०
images
चिनियाँ राजदुतको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको शशांक कोईरालाको आरोप

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोईरालाले चिनियाँ राजदुत छन् सोङले केहिदिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताउनुभयो ।

काेईरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काकाे बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताउनुभयाे ।

उहँले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएकाे बताउदै कांग्रेसकाे गुटबन्दी राेक्न सक्ने सामथ्र्य आफुले मात्र राख्ने बताउनुभयाे । उहाँले गुटगत विभाजन राेक्न नसके कांग्रेस अझै ठूलाे समस्यामा पर्ने बताउनुभयाे । ऊहाँले आफू वर्षात सकिए लगतै देश दाैडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्ताे भएकाे हेर्न चाहन्छन् भनेर बुझ्ने बताउनुभयाे ।

डा काेईरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजाु गलत भएकाे भन्दै काेशी प्रदेशमा सबै दलहरू मिल्नुकाे विकलप नभएकाे स्पष्ट पार्नुभयाे । उहाँ सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताउनुभयाे

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १५:३९:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend