Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

नेप्लिज डायस्पोरा

२५, भाद्र २०८०
images
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष समेत रहेका जिबी राई सहितको टीमले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको हो ।

साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो। 

निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन्। पीडितहरूले सहकारी ऐन शीर्षकमा जाहेरी दिएका हुन्। 

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - २१:१६:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend