Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन

नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन

नेप्लिज डायस्पोरा

२६, भाद्र २०८०
images
नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। 

नेम्वाङको मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। 

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो।

उनी प्रतिनिधि सभाका ४ पटकका सभामुख र संविधानसभाका एक पटकका अध्यक्ष समेत हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसकेका छन्।

 

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ०४:४९:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend