Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

६० किलो सुन प्रकरणका योजनाकार चिनियाँ नागरिक

६० किलो सुन प्रकरणका योजनाकार चिनियाँ नागरिक

नेप्लिज डायस्पोरा

२६, भाद्र २०८०
images
६० किलो सुन प्रकरणका योजनाकार चिनियाँ नागरिक

हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे केन्द्रीय अनुसन्धान ब्यूरोले करिब ३८ दिन अनुसन्धान गरेको छ ।

सुन बरामद गरेको ५६ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरोले ‘संगठित अपराध’ मुद्दाको अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । मंगलबार ब्यूरोले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।

राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । विभागले सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको हो ।

सुन प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ जना चिनियाँ, ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भारतीय नागरिक थाप्तेन छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ छन् ।

नेपालका ‘हाई प्रोफाइल’सँग सम्पर्कमा रहेका दावा छिरिङ सुन तस्करीको मुख्य योजनाकार नभएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

अहिलेसम्मको अनुसन्धानबाट चिनियाँ नागरिक याओ पुचेङ्ग सुन प्र्रकरणको मुख्य योजनाकारको रुपमा देखिएका छन् ।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १६:१५:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend