Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाट

‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाट

नेप्लिज डायस्पोरा

२७, भाद्र २०८०
images
‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाट

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाटसुरु हुने भएको छ ।

शो को यो सिजनमा पनि अघिल्ला ४ सिजनमा कोच रहेका प्रमोद खरेलले निरन्तरता पाएका छन् । यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुबन्धित राजेशपायल राई यो सिजनमा पनि दोहोरिएका छन् । यसअघि ‘द भ्वाइस किड्स’ मा कोचमा रहेका गायिका मिलन नेवार यो सिजनमा कोचमा अनुबन्धित छिन् । सुगम संगीतका चर्चित गायक उदय सोताङ पनि अहिले कोचमा अटाएका छन् ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले सहभागिता जनाएका थिए ।

छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो सिजनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

 

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही बिन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो सिजनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

 

‘शो का लागि गतवर्ष भन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’, कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने– ‘यो पटक ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन ।’ ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत रहेको पौडेलको भनाई रहेको छ ।

 

 

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १९:२१:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend