Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल

बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८०
images
बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन् । 

३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम प्रयोग गरेर मतदाताको निराशालाई खुसीमा परिणत गरेर ‘बालेन प्रभाव’ सिर्जना गरेको उल्लेख गरेको छ ।

वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको शिर्ष १०० मा मेयर शाहलाई पनि समावेश गरेको हो ।

शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ ।

 

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ००:२३:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend