Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बुटवलमा सार्वजनिक स्थलहरु नियमित सरसफाई गरिने

बुटवलमा सार्वजनिक स्थलहरु नियमित सरसफाई गरिने

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८०
images
बुटवलमा सार्वजनिक स्थलहरु नियमित सरसफाई गरिने

 

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ।साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएकोहो।

मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयाँ कार्ययोजनाल्याउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। हरेक शनिबार टोलटोलमा टोल विकाससंस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गर्नेउनले बताए ।

उनले नगरलाई सफा राख्नका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नगर सफा भएमानगर र नगरबासीको इज्जत बढ्ने बताए ।

उनले सबै सामाजिक संस्थाहरुले बुटवललाई सफा र हरियाली बुटवल बनाउनका लागि साथ दिनुपर्ने बताउँदै सबैकोसहयोगले मात्रै नगर सफा र सुन्दर बन्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउनका लागि घरदेखि नै कामको थालनी गर्नुपर्नेबताए ।

४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउँमाबिरुवा लगाउने र सफा गर्न बाँकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वरपोखरेलले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १९:३१:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend