Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेम्वाङकोलाई राष्ट्रपतिको समवेदना

नेम्वाङकोलाई राष्ट्रपतिको समवेदना

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
नेम्वाङकोलाई राष्ट्रपतिको समवेदना

काठमाडौँ, ३१ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउँदै उहाँको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले आज एक समवेदना सन्देश नेम्वाङका परिवारजनलाई पठाउँदै नेपालको राजनीति र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम् तयार हुने नेता भएको उल्लेख गर्नुभएको छ ।

“जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै विर्सने छैनन्, नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने एउटा असल नेताको छविको रुपमा पाएको थिए”, समवेदना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उहाँसँग भएका सहकार्यहरू मेरो स्मृतिमा सदैव ताजै रहनेछ भन्नुभएको छ ।
उहाँले नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा एमाले पार्टी र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उहाँका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकार नेम्वाङको घर पुग्नुभएको थियो भने सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १७:३१:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend