Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

६० किलो सुन प्रकरणः २९ जनाविरूद्ध मुद्दा दर्ता

६० किलो सुन प्रकरणः २९ जनाविरूद्ध मुद्दा दर्ता

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
६० किलो सुन प्रकरणः २९ जनाविरूद्ध मुद्दा दर्ता

६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार ३ जना फरारसहित २९ जनालाई मुद्दा चलाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनिया नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो ।

यता सीआइबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । अन्य भन्सार एजेण्ट र कर्मचारीलाई मुद्दा चलाउने तर क्यान्सर रोगी भएकै कारण उनलाई मुद्दा नचलाउँदा राम्रो सन्देश नजाने भन्दै रुक्मिनालाई पनि मुद्दा चलाउने निर्णय गरेको हो ।

 

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १७:५७:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend