Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाडौंको तीनकुने सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको जनाएको छ ।जन्मजातै बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ ।

शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा विशाल राईसहित चारजनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसिइबीका कारण घटना भएको र बाँकी अध्ययन गर्दै जाने जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारीस्थित वीरेन्द्र चोकमा बस्दै आएको जनाए । उनका अनुसार प्रहरीले उनलाई घटनाका क्रममा लगाएको कपडासहित पक्राउ गरेको छ । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसिइबी साँध्न बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको राठौरले जनाए ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदी-भिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठौरले जनाए । भण्डारीले स:मिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठौरले जानकारी दिए ।

भदौ २९ गते मध्यराति करिब १२ बजे काठ गोदाममा सुतेका दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका र आमा शुभद्राको हत्या भएको थियो । सँगै मोरङका नवीन राईको पनि हत्या भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - २०:२४:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend