चलचित्र परदेशी २ को एउटा गीत बुधबार विहान सार्बजनिक भएको छ ।
‘हिजो काम आज काम काम विदेशमा’ बोलको गीत सार्बजनिक भएको हो । चलचित्रका अरु गीतहरु चलचित्रको प्रोमोशनका क्रममा स्टेजमा सुनिए पनि यो गीत नै युट्युबमा पहिलो पटक सार्बजनिक भएको हो ।
सतीश चापागाईको शब्द रहेको यो गीतका संगीतकार बिबि अनुरागी हुन् भने प्रशान्त तामागंले स्वर दिएका छन् । निर्देशक नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र परदेशी २ मा दीलिप रायमाझी, प्रकाश सपुत, प्रशान्त तामागं, केकी अधिकारी, बर्षा राउत, नीर शाह, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको प्रोडक्सन टिमले जानकारी दिएको छ ।
चलचित्र परदेशी २ यहि असोज २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने बताईएको छ ।
भिडियो हेर्नुहोस :