Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पहिलोपटक नेपथ्यले क्यानडामा संगीतयात्रा गर्ने

पहिलोपटक नेपथ्यले क्यानडामा संगीतयात्रा गर्ने

नेप्लिज डायस्पोरा

३, आश्विन २०८०
images
पहिलोपटक नेपथ्यले क्यानडामा संगीतयात्रा गर्ने

नेपथ्य ब्याण्डले पहिलोपटक क्यानडाका बिभिन्न शहरमा संगीतयात्रा गर्ने भएको छ । अक्टोबर १ तारिखमा नेपथ्यले क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा पहिलो प्रस्तुती दिनेछ ।

 त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा हुनेछ । यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ तारिख ब्याण्ड टोरन्टोकै ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ ।

अघिल्लो महिनाको श्रृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मी सहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुने छन् ।

ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले  प्रसंशकहरुले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहेको भन्दै आभार प्रकट गरेका छन् ।

क्यानडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

क्यानडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको ५ बजे प्रवेश खुला गरिनेछ भने ७ बजे कन्सर्ट सुरु हुनेछ ।

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - १६:४७:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend