Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डलरको भाउ अहिलेसम्मकै महँगो, १ सय १४ रुपैयाँ २४ पैसा

डलरको भाउ अहिलेसम्मकै महँगो, १ सय १४ रुपैयाँ २४ पैसा

सतीश चापागाईं

१९, भाद्र २०७५
images
काठमाडौं – नेपाली बजारमा बुधबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बुधबार १ डलरको नेपाली बजारभाउ १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ । यसअघि गएको १४ गते डलरको भाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो ।     अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ८४ पैसा तोकेको छ । यो सन् २००० यताकै सबैभन्दा उच्च हो ।     सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको बैंकले जनाएको छ । डलर महंगो हुँदा पेट्रोलियम पदार्थ र डलरमा विद्युत खरिद सम्झौता भएका जलविद्युत आयोजनाको रकम भुक्तानीमा असर पर्छ ।     त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो ।     डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ ।     नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । ‘भारतसँग पेट्रोलियम पदार्थको ठूलो खानी छैन्, उसले पनि डलरमा किनेर नेपाललाई डलरमा नै बेच्ने हो, त्यसैले अब नेपाल आयल निगमलाई हुने घाटा बढ्दै जाने देखिएको छ’ थापाले भन्नुभयो ।

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - २१:५६:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend