Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

युवराज भण्डारीको शब्द रहेको ‘भावनाको देश’ बोलको देशभक्ति गीत बजारमा

युवराज भण्डारीको शब्द रहेको ‘भावनाको देश’ बोलको देशभक्ति गीत बजारमा

नेप्लिज डायस्पोरा

६, आश्विन २०८०
images
युवराज भण्डारीको शब्द रहेको ‘भावनाको देश’ बोलको देशभक्ति गीत बजारमा

संविधान दिवसको अवसर पारेर युवराज भण्डारीको शब्द रचनामा एक फरक धारको देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । गीतकार भण्डारीको युट्युव च्यानल वाई बी कृयसनले असोज ३ गते सार्वजनिक गरेको यस गीतको म्यूजिक भिडिओमा पूजा ठकुरीको निर्देशन रहेको छ । विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा भिडिओ साङ्ग्रिला कृयसनले तयार पारेको हो ।

प्रवासमा रहेर पनि नेपाली सङ्गीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् । उनको शब्द तथा सङ्गीतमा यस अगि पनि केही गीतहरू बजारमा आइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

‘भावनाको देश’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०१:०४:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend