Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मानव बेचबिखनको आरोप लागेका गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा

मानव बेचबिखनको आरोप लागेका गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा

नेप्लिज डायस्पोरा

८, आश्विन २०८०
images
मानव बेचबिखनको आरोप लागेका गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा

अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाएको छ। 

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले हस्त गौतम र अर्का प्रतिवादी कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको पठाएको हो ।

उनीहरूविरूद्ध  मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा चार वटा मुद्दा दायर भएको थियो। त्यसमा पुर्पक्षका लागि दुबै जना केन्द्रीय कारागार जगन्नाथदेव चलान भएका हुन्। 

पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको थियो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी छन्। तामाङ चारै वटा मुद्दामा प्रतिवादी थिए। अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्।

रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका हस्तसहितको समूहमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। हस्‍त गत भदौ २० गते पक्राउ परेका थिए। उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन्। ३० जना पीडित काठमाडौं र पाँच जना दाङमा छन्।

गौतमसहितको समूहले दुई सय जना बढी नेपाली नागरिकसँग पैसा लिएर अमेरिका पठाइसकेको बयानमा बताएका थिए। कतिपयलाई भने उनले अलपत्र पारेका थिए।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - २०:४१:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend