मानिसलाई जीवनमा ठूलो सोचका साथ अगाडी बढ्नेक्रममा कहिलेकाही आफ्नै शरिरले पनि साथ नदिन सक्छ वा भनौ जे सोचेको हो त्यो पुरा गर्नलाई धेरै चुनौतीहरुको सामना गर्नुपर्छ । त्यसमा पनि श्वास्थ्य नै खराब भयो भने त्यसको असर ब्यग्लै नै हुन्छ । यस्तै समस्या हुन पुग्यो नेपालबाट उच्च शिक्षा लिनका लागि अष्ट्रेलिया पुगेका एक युवा दम्पतीका लागि ।
उच्च शिक्षा हासिल गरेर राम्रो भविष्य बनाउने योजनाका साथ केहि समय अगाडी अष्ट्रेलिया पुगेकी अनु भट्ट र उनका श्रीमान बिचमा नै सबै कुरा त्यागेर नेपाल फर्कनुपरेको छ । कारण अनुको स्वास्थ्य अवस्था ।
अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको बण्डाबर्गमा बस्दै आएकी अनु भट्टको दुबै मृगौला काम नगर्ने भनेर थाहा पाएपछि उनको सपना चकनाचुर भएको थियो । श्रीमान अनिश महर्जनसँगै उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेकी अनु आफ्नो सपना बिचमा नै त्यागेर नेपाल फर्कनुपरेको छ ।
अष्ट्रेलियामा उपचारपनि महङ्गो र आर्थिक अवस्थापनि राम्रो नभएकाले उनीहरुले सहयोगका लागि गो फन्डको प्रयोग गरेका थिए । जुन उनीहरुका लागि उपचार गराउन सजिलोका लागि सुरु गरेका थिए । हुनपनि अनुलाई सहयोग गर्ने हातहरु धेरै भएर केहि दिनमा नै नेपाली ५५ लाख रुपैयाँ सङ्कलन हुन पुग्यो । जसका कारण उनीहरुले नेपालमा नै गएर उपचार गराउने साेचेर फर्किएका हुन ।
दुबै मृगौला काम नगर्ने भएपछि त्यसको प्रत्यारोपण बाहेक अरु बिकल्प उनीहरुसँग थिएन । अब उनीहरुले नेपालमा गएर सम्भव भए मृगौला प्रत्यारोपण गर्ने योजना बनाएका छन । ठूलो सपना बोकेर सात समुन्द्र पारी गएको भट्टको दम्पतीलाई गो फन्डबाट उठेको रकमले ठूलो राहत मात्र होइन आँटपनि आएको छ । यदि नेपालमा मृगौला प्रत्यारोपण सम्भव नभएको खण्डमा भारत गएरपनि उपचार गराउने योजनाका साथ उनीहरु नेपाल फर्किएका हुन ।
अनुको सहयोगका लागि भनेर एक लाख अष्ट्रेलियन डलर उठाउने लक्ष्यका साथ सुरु भएको थियो । तर छोटो समयमा नै राम्रो रकम उठेपछि उनीहरु योजना गरेभन्दा चाँडो उपचारका लागि नेपाल फर्कन पाउँदा निकै खुसी थिए ।