Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

ठगीको अर्को घटना-टर्की पठाईदिन्छु भन्दै १ करोड १६ लाख ठगी

ठगीको अर्को घटना-टर्की पठाईदिन्छु भन्दै १ करोड १६ लाख ठगी

नेप्लिज डायस्पोरा

९, आश्विन २०८०
images
ठगीको अर्को घटना-टर्की पठाईदिन्छु भन्दै १ करोड १६ लाख ठगी

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । पक्राउ परेकी भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए ।

पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १६:११:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend