Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाँच महिनाको गर्भ लिएर अभिनेत्री रेखा चलचित्र छायांकनमा

पाँच महिनाको गर्भ लिएर अभिनेत्री रेखा चलचित्र छायांकनमा

नेप्लिज डायस्पोरा

१२, आश्विन २०८०
images
पाँच महिनाको गर्भ लिएर अभिनेत्री रेखा चलचित्र छायांकनमा

आमा बन्ने भएपछि अभिनेत्री रेखा थापालाई चलचित्र ‘उपहार’ को छायाँकन सक्न हतारो छ । पाँच महिनाको गर्भ लिएर अभिनेत्री रेखा थापा अहिले चलचित्र उपहारको छायाँकनमा व्यस्त छिन् । यो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

अहिले उनी आफ्नो गर्भ नदेखियोस् भनेर खुकुलो कपडा लगाएर चलचित्रको छायांकन गरिरहेकी छिन् । रेखाको चरित्रको छायांकन सकेर बाँकी अरुको छायांकन गरिने निर्देशक देउजाले जनाएका छन् । उनको स्वस्थ्यमा असर नपरोस भनेर निकै होसियारी पूर्व चलचित्रको छायांकन भइरहेको पनि उनले बताएका छन् ।

यसरी रेखाले यो चलचित्रको छायांकन सकेर आराम गर्ने भएकी छिन् । यो चलचित्रमा रेखासँगै पुजा शर्मा, तेज गिरीलगायतको मुख्य भूमिका रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०५:११:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend