चलचित्र परदेशी -२ को दोश्रो गीत सार्बजनिक भएको छ ।
नारायण रायमाझीको शब्द, संगीत र स्वरमा रहेको गीतमा अन्य कलाकारहरुले पनि साथ दिएका छन् । झ्याउरे भाकाको यो गीतमा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामागं लगायतको अभिनय छ ।
पहिलो गीत 'हिजो काम आज काम, काम विदेशमा' एक हप्ता अगाडी सार्बजनिक भएको थियो । उक्त गीत अति नै मन पराईएको छ । एक हप्तामा एक मिलियन बढि भ्युज गएको यो गीतलाई चलचित्रको मुटु गीत मानिएको छ ।
झ्याउरे भाकाको नयां गीतले पनि दुई दिन मै आधा मिलियन भ्युज गएको छ ।