Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

शाहरुख खानको जवानले नोपालमा कति कमायो

शाहरुख खानको जवानले नोपालमा कति कमायो

नेप्लिज डायस्पोरा

१२, आश्विन २०८०
images
शाहरुख खानको जवानले नोपालमा कति कमायो

काठमाडौं । शाहरुख खान स्टारर भारतीय फिल्म ‘जवान’ले आइतबारसम्म विश्वभर एक हजार करोड भारु कमाएको छ ।भारतमा मात्र फिल्मले ६६६ करोड भारु कमाएर कीर्तिमान रच्यो । फिल्मको कुल विश्वव्यापी कमाइ एक हजार १५ करोडभारु छ ।

‘जवान’ हजार करोड भारु कमाउने तेस्रो भारतीय फिल्म बनेको छ, जसमा अभिनेता खानका मात्र दुई फिल्म समावेश छन्। चीनमा रिलिज भए यो फिल्मले धेरै कमाउने शाहरुख खानको अघिल्लो फिल्म ‘पठान’को कीर्तिमान तोड्नेछ ।

विश्वभर हजार करोड कमाउँदा फिल्मले नेपालमा तेस्रो सातासम्म कति कमायो ? बलिउड पोर्टल पिंकभिल्लाका अनुसार‘जवान’ले नेपालमा आठ लाख अमेरिकी डलर (१० करोड ६९ लाख नेरु) हाराहारीमा कमाइ गरेको छ ।

यद्यपि, नेपालको चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन । ‘जवान’ले तेस्रो सातासम्म एसिया र ओसियाना क्षेत्रमा ७४ लाख ५० हजार डलर कमाइ गरेको छ । अमेरिकाबाट एक करोड ४१ लाखडलर, मध्यपूर्व र अफ्रिका क्षेत्रबाट एक करोड ४५ लाख डलर, युरोपबाट ५८ लाख डलर कमाइ गरेको पिंकभिल्लाले उल्लेख गरेको छ । विदेशबाट जवानको कुल कमाइ चार करोड १९ लाख डलर (३४९ करोड भारु) छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०७:१७:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend