अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धानले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।
चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।
चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । उनले फिल्म अनमोल सहित अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको तर अनमोलले विश्वासघात गरेकाले सबै लगानी डुबेको उजुरीमा उल्लेख गरेकी थिइन ।
अनमोल केसीलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।