प्रदेशी भूमिमा पाल्पाली एकता भन्दै, नमस्ते पाल्पा द.कोरियाले कोरियन चाड छुसकको अवसरमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। सेप्टेम्बर २९ का दिन गरिएको छलफलमा रोजगारी र अध्यनका सिलसिलामा कोरिया रहेका पाल्पालीहरुको जमघट भएको थियो ।
सन् २०११मा स्थापना गरिएको नमस्ते पाल्पाले कोरियामा रहेर विभिन्न सामाजिक सेवामा सक्रिय रूपमा काम गर्दै आएको छ। खास गरेर कोरियामा रहेका पाल्पालीका समस्या केलाउँदै,संगठित एकतामा जोड दिँदै र पाल्पामा रहेका बिरामी तथा दीन दुःखिहरुलाई सहयोग गर्दै आएको छ ।
देश छोडेर कोरिया आयपनि बेला बेलामा गरिने यस्ता भेटघाट र छलफलले कामको थकाइ,मानसिक समस्या र घरको सम्झना लाई पनि कम गरेको कर्यक्रममा सहभागीले बताए ।
छलफल कार्यक्रमले मदन कुमार थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ! साथै सस्थाको सल्लाहकारमा राजु रसाली र अर्जुन बिरकट्टा मगरलाई चयन गरिएको छ ।
निर्वाचित सबै समितिलाई शुभकामना दिँदै सल्लाहकार राजु रसालीले नमस्ते पाल्पा द. कोरिया सबैको साझा संस्था हुनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष निर्वाचित भएसँगै मदन कुमार थापाले आफ्नो पहलमा कोरियामा रहेका सबै पाल्पालीलाई जोड्न आफू र आफ्नो टीम पूर्ण रूपमा लाग्ने बताउनु भयो! साथै अध्यक्षले कोरियामा आयका नयाँ तथा पुराना साथीहरु सबैलाई संस्थामा आबद्ध हुन पनि आग्रह गर्नू भयो । कार्यकममा सहभागी सबैका कोरियन अनुभव सुन्ने र सुनाउने गर्दै समापन भएको थियो! भने नयाँ कार्य समितिको यस प्रकार रहेको छ।
अध्यक्ष: मदन कुमार थापा
बरिष्ठ उपाध्यक्ष: अशोक वंशी ठकुरी
उपाध्यक्ष: लक्ष्मी चिदी
सचिव: विष्णु चिदी
सह सचिव: प्रकाश शर्मा
कोषाध्यक्ष: झबिन्द्र उचै मगर
सदस्यहरू:________
1.जनक थापा
2.अर्जुन अर्याल
3.कमल गाहा
4.हस्त राना
5.सोम राना
6.टिल्टा मगर
7.हरि बस्याल
8.भिम चिदी!