Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अभिनेता अनमोल केसी अस्पताल भर्ना

अभिनेता अनमोल केसी अस्पताल भर्ना

नेप्लिज डायस्पोरा

१३, आश्विन २०८०
images
अभिनेता अनमोल केसी अस्पताल भर्ना

प्रहरी हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसीलाई शुक्रबार राति नर्भिक अस्पताल भर्ना गरिएको छ।

आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो साँगाबाट समातिएका केसीलाई सिंहदरबार प्रहरीको हिरासतमा राखिएको थियो।

उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई राति नै अस्पताल लगिएको प्रहरी स्रोतले जानकारी दियो।

निर्मात्रा सुप्रिया कटुवालले १० लाख रुपैयाँ एड्भान्स लिएर केसीले आफ्नो फिल्म ‘रावायण’मा नखेलेको आरोप लगाएपछि प्रहरीले उनलाई आपराधिक विश्वासघातको अभियोगमा शुक्रबार पक्राउ गरेको हो।

images
प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - ०२:०८:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend