आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेकोमा जम्मा सात प्रतिशत अर्थात तीन सय ५२ जनाले सो भिषा पाएसँगै डीभी भिषा बन्द गरिएको छ ।
अगस्तमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३५२ रहेको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक सार्वजनिक गरेको छ । खसोखास डट कमका अनुसार सेप्टेम्बरको पहिलोसातापछि डाइभर्सिटी भिसा जारी गर्न बन्द गरिएकोमा त्यस अगाडिका ११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३ हजार २ सय ६५ रहेको छ ।
सेप्टेम्बरको पहिलोसाता कति नेपालीहरुले डाइभर्सिटी भिसा पाए भन्नेबारे सार्वजनिक गरिएको छैन । सेप्टेम्बर ७ पछि तय भएका नेपालीहरुका डाइभर्सिटी भिसाका अन्तरवार्ता अप्वाइन्टमेन्टहरु धमाधम रद्द गरिएको थियो ।
आर्थिक बर्ष २०२३ का लागि डिभी मार्फत ५४ हजार ८ सय ३३ भिसाहरु उपलब्ध रहेकोमा सेप्टेम्बर ५ सम्म ५४ हजार भिसाहरु जारी भइसकेको अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो । अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले कुनै एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने भएपछि नेपालीका लागि यो बर्ष ७ प्रतिशत नपुगेको हो।
आर्थिक बर्ष २०२३ को अक्टोबर महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७ सय ५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।