Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ब्लड क्यान्सरबाट जीवनमरणको अवस्थामा रहेका लक्ष्मण भट्ट आर्थिक सहयोगको याचनामा

ब्लड क्यान्सरबाट जीवनमरणको अवस्थामा रहेका लक्ष्मण भट्ट आर्थिक सहयोगको याचनामा

नेप्लिज डायस्पोरा

१३, आश्विन २०८०
images
ब्लड क्यान्सरबाट जीवनमरणको अवस्थामा रहेका लक्ष्मण भट्ट आर्थिक सहयोगको याचनामा

ब्लड क्यान्सरबाट जीवनमरणको अवस्थामा रहेका लक्ष्मण भट्ट आर्थिक सहयोगको याचना गरिरहेका छन । उपचारमा इन्सुरेन्स कभर नहुने भएसँगै आर्थिक अभावमा गुज्रिनुभएका क्यान्सर पीडित लक्ष्मणको जीवन रक्षाका लागि राहत संकलन अभियान थालिएको हो ।

एनआरएनए क्वीन्सल्याण्डले गो फण्डमी अभियान सुरु गरेको छ । लक्ष्मणकी श्रीमती एशोदाले गोफण्डमीमार्फत उपचारका लागि सहयोग गर्न सबैलाई अपिल गरेकी छिन ।

मल्टिपल माइलोमा नामक ब्लड क्यान्सरबाट पीडित लक्ष्मणले अहिलेसम्म ९ वटा किमो पुरा गरेका छन । ६ महिनाभित्र २४ साईकल किमो पुरा गरेर स्टीम सेल ट्रान्सप्लान्ट बिधिबाट उपचार गर्नुपर्ने भएकाले यसका लागि निक्कै ठूलो खर्च लाग्ने भएपछि भट्ट परिवार तनाबमा रहेको छ ।

सन २०२० मा अध्ययन भीसामा अष्ट्रेलिया पुगेका लक्ष्मण अहिलेसम्म पनि अस्थायी भीसामा छन । साथै उनको ६ महिने सन्तान समेत भएकाले आफू बाच्न चाहन्छु भनेर सहयोगका लागि हारगुहार गरिरहेका छन ।

एनआरएनए क्वीन्सल्यण्डले थालेको गो फण्डमी अभियानले ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । 

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा जान सक्नुहुनेछ ।

images
प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - ०४:४३:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend