Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाली प्रवासी मजदुरमा आधारित बहादुर–द ब्रेभ’ नामक फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म अवार्ड

नेपाली प्रवासी मजदुरमा आधारित बहादुर–द ब्रेभ’ नामक फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म अवार्ड

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८०
images
नेपाली प्रवासी मजदुरमा आधारित बहादुर–द ब्रेभ’ नामक फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म अवार्ड

नेपाली प्रवासी मजदुरमा आधारित बहादुर–द ब्रेभ’ नामको फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ ।

कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्ष यस फिल्मको मुख्य विषयवस्तु हो । फिल्मलाई भारतका रोहतकमा बस्ने केही युवाले बनाएका हुन् । 

सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७१ औँ संस्करणमा यस फिल्मले ‘कुट्छाबैंक–न्यु डिरेक्टर अवार्ड’ हात पारेको हो । आठ दिन लामो यो फेस्टिभल स्पेनको सान सेबास्टियनमा आयोजना गरिएको हो । कार्यक्रम शनिवार सम्पन्न भयो ।

 

हरध्यान फिल्म्सका भिस्भेस सिंह शेरावत र सिनाइ पिक्चर्स अफ थोमसका अजय अब्राहमद्वारा निर्मित यस फिल्म सेप्टेम्बर २३ मा फेस्टिभलको ‘न्यु डिरेक्टर्स’ अन्तर्गत वर्ल्ड प्रिमियर गरिएको हो ।

 

शेरावतका अनुसार ‘बहादुर–द ब्रेभ’ नेपाली प्रवासी मजदुरले भारतमा के कस्ता समस्या भोग्छन् भन्ने विषयवस्तुमा केन्द्रित छ । 

 

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १७:०५:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend