Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दसैँमा नेपाल फर्कँदा यात्रुले के के लिन पाउने ?

दसैँमा नेपाल फर्कँदा यात्रुले के के लिन पाउने ?

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८०
images
दसैँमा नेपाल फर्कँदा यात्रुले के के लिन पाउने ?

विदेशबाट दसैँमा नेपाल फर्कँदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सार्वजनिक गरेको छ । विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो ।

भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउँछन् । 

कार्यालयका अनुसार घर फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ । यस्तै, एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ ।

IMG_2221.webp

 

मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ ।

IMG_2222.webp

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् ।

यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १७:२५:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend