Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एमसीसी कार्यान्वयनमा शंका नगर्न मन्त्री ज्वालाको सीईओलाई आग्रह

एमसीसी कार्यान्वयनमा शंका नगर्न मन्त्री ज्वालाको सीईओलाई आग्रह

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८०
images
एमसीसी कार्यान्वयनमा शंका नगर्न मन्त्री ज्वालाको सीईओलाई आग्रह

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजनाकार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेकी अमेरिकी सहयोग परियोजना एमसीसीकीप्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र उनको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमाशङ्का नगर्न आग्रह गरेका हुन्।

‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपालसरकारले कुनै कमी गर्नेछैन,’ मन्त्री ज्वालाले भने, ‘परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीकसमयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैँ हल भएर जानेछन्।’

प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले एमसीसी परियोजना सहज रूपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसीलागेको बताइन्। ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु। नेपाल सरकारको सकारात्मकधारणाले म खुसी पनि छु,’ उनले भनिन्।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूतडिन थम्प्सनलगायतको उपस्थिति थियो।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०१:४९:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend